६८ जना संक्रमित पुगेपछि अष्ट्रेलियाका सबै राज्यले कडा बनाए न्यूसाउथवेल्ससँगको आवतजावत


सिड्नी, अष्ट्रेलिया ।

न्यूसाउथवेल्सको नर्दन विच क्षेत्रमा कोभिड १९ कोरोनाको संक्रमण फैलिएपछि अन्य राज्यहरुले आफ्नो सिमानामा कडाई सुरु गरेका छन् । नर्दन विच क्षेत्रमा राज्य सरकारले ५ दिने लकडाउन लगाएको छ । एकैपटक ३० जना नयाँ संक्रमित थपिएपछि अब यो संख्या ६८ पुगेको छ ।

वेष्टर्न अष्ट्रेलियाले सबैभन्दा कडा प्रतिक्रिया जनाउँदै न्यूसाउथवेल्सबाट यात्रा गर्ने सबैका लागि कडा नियम लगाएको छ । यस्तै तस्मानियाले नर्दन विच क्षेत्रलाई उच्च जोखियुक्त क्षेत्र तोकेको छ भने सिड्नी सिटी क्षेत्रलाई मध्यम जोखियुक्त क्षेत्र तोकिएको छ । न्यूसाउथवेल्सबाट तास्मानिया जाने जो कोहीले १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । यस्तै क्वीन्सल्याण्ड आउने न्यूसाउथवेल्स बासिन्दाहरुले सिमानामा फर्म भर्नुपर्ने व्यवस्था गरेको छ । नर्दन विच क्षेत्रबाट आउनेहरुलाई १४ दिन क्वारेटीनमा राखिनेछ ।

भिक्टोरियामा सिमानामा चेकजाँच सुरु गरिने भएको छ भने यसका लागि रक्षा बललाई अनुरोध गर्ने तयारी छ । भिक्टोरियाका स्वास्थ्यमन्त्री मार्टिन फोलीले न्यूसाउथवेल्स्वासीलाई भिक्टोरिया नआउन अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]