संविधान निर्माणमा दलहरुलाई सफलता मिलोस् भन्ने भारतीय राष्ट्रपतिको कामना


Pranab Mukharjeeभारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालका सबै दल र नेतालाई संविधान निर्माणमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । भारतीय राष्ट्रपति मुखर्जीले राष्ट्रपति भवनमा पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईसँग भएको शिष्टाचार भेटमा नेपालको समकालीन राजनीतिबारे पनि जिज्ञासा राखेको नेता डा भट्टराईको निजी सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियालाई पूर्णता दिने प्रक्रियामा आफूहरू रहेको जानकारी दिँदै अहिले केही अवरोध उत्पन्न भए पनि दलहरू चाँडै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । नेताडा भट्टराईले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आम आदमी पार्टीको कार्यालयमा भेटेर भ्रष्टाचार, अनियमिततालगायत जनविरोधी गतिविधि अन्त्य गर्दै लोकतन्त्रको नया“ ‘मोडेल’को विकास गर्ने विषयमा छलफल भएको नेता डा भट्टराईको सचिवालयले साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]