सिड्नीमा संक्रमितको संख्या ३८ पुग्यो, नर्दन विच क्षेत्रमा पाँच दिने लकडाउनले रोक्ला फैलावट ?


सिड्नी अष्ट्रेलिया ।

अष्ट्रेलियाको सिड्नीस्थित उत्तरी तटीय क्षेत्र नर्दन विचमा यतिबेला ५ दिने कडा लकडाउन लगाइएको छ । यो क्षेत्रका मानिसहरुलाई घर छोडेर नहिंड्न भनिएको छ भने यसको उल्लंघन गरेमा एक हजार डलरसम्म जरिवाना गरिनेछ । यो क्षेत्रमा गएको करिब एक सातादेखि बढ्दै गएको कोरोना संक्रमितको संख्या ३८ पुगिसकेको छ र यो बढ्ने क्रममा छ ।

हिजो साँझ ५ बजेदेखि लगाइएको कडा लकडाउन आगामी बुधबार सकिनेछ । यसबिचमा यस क्षेत्रका मानिसहरुले अत्यावश्यक सामग्री खरिदकासहित सीमित कारणले मात्रै घर बाहिर निस्किन पाउनेछन् । यस क्षेत्रका मेयर माईकल रेगनले स्थानीय बासिन्दाले कोभिड १९ फैलावट रोक्न मद्दत गरिरहेको प्रतिक्रिया दिए । सबैजनामा एकै किसिमको विचार छ । हामीले जसरी पनि यो कोरोनाको संक्रमण रोक्नपर्छ । उनले भने ।
परीक्षण गर्ने ठाउँहरुमा लामो लाईन देखिएको छ भने न्यूसाउथवेल्स हेल्थले थप परीक्षणका शिविरहरु पनि सञ्चालन गरिरहेको छ ।

उता न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडियस विरेजेक्लिनले आवश्यक परेमा प्रतिबन्धलाई सिड्नी महानगरभरि लगाउने विषयमा पनि छलफल चलिरहेको बताइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]