बाँकेमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत !

बाँके । बाँकेमा ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक जना भारतीय र एक नेपाली युवकले ती महिलाई बलत्कार गरेका थिए । बलात्कार आरोपमा ३१ वर्षीय रामप्रसाद मिश्र र २६ वषीय राम निवास प्रजापति पक्राउ परेका हुन् ।
पक्राउ परेका मिश्र भारतको रूपैडिया घर भए पनि बाँकेको खजुरा गाउँपालिका–४ कर्णालीमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो ।
बलात्कृत महिला मानिसक सन्तुलन गुमेको पाइएको छ । प्रहरीले बलात्कार आरोपमा पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ ।