मोडेर्नाको कोरोना विरूद्धको खोपलाई अमेरिकामा अनुमति


एजेन्सी । कोरोना भाइरस विरूद्धको अर्को खोपले पनि अनुमति पाएको छ । अमेरिकामा विकसित मोडेर्नाको खोपले अमेरिकामा प्रयोगको अनुमति पाएको हो।

फाइजर र बायोएनटेकको भ्याक्सिनले प्रयोगको अनुमति पाएको अर्को हप्ता नै अमेरिकाले कोरोना भाइरस विरूद्धको दोश्रो खोप पाएको हो ।

अमेरिकाले अनुमति पाएसँगै २०० मिलियन डोज खोप किन्ने मोडेर्नासँग सम्झाैता गरेको छ । त्यसमा पनि ६ मिलियन डोप ल्याउनका लागि तयार भएको बताइएको छ ।

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या र संक्रमितको संख्या सबैभन्दा धेरै छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा कोरोना भाइरसबाट ३ लाख ११ हजार ५ सय २९ जनाको मृत्यु हुँदा १ करोड ७२ लाख ६९ हजार ५ सय ४२ जना कोरोना संक्रमित भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]