‘हल अफ फेम सिजन-२’को पहिलो चरणमा ५० जना प्रतिष्पर्धी छानिए

अष्ट्रेलिया । ‘हल अफ फेम सिजन-२’को अडिसन राउण्ड सम्पन्न भएको छ । एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको उक्त गायन प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको हो ।
पहिलो चरण अन्तर्गत अडिसन राउण्डबाट ५० जना प्रतिष्पर्धी अर्को चरणका लागि छनाैट भएका छन् । सोमबार राती प्राप्त भएका आवेदन मध्येबाट टप ५० को घोषणा गरिएको हो ।
वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रेजिना रिमाल निर्णायक रहेको उक्त कार्यक्रम नेपालमा हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।
हल अफ फेमको फेसबुक पेजमा गएर उक्त प्रतियोगिताको अन्तिम ५० मा पुग्ने प्रतिष्पर्धीहरूको नाम हेर्न सकिनेछ ।