प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’ सार्वजनिक


काठमाडाैँ । वरिष्ठ लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’ गीत सार्वजनिक भएको छ । प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।

उक्त म्युजिक भिडियोमा स्वयं महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ । नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको छ भने बाँकी छायाङ्कन बाल्टिमोरमा गरिएको छ ।

मेरिल्याण्ड राज्यका महावाणिज्यदूतसमेत रहनुभएका महतले पछिल्लो समय निकै चर्चामा रहेको मानुङकोटको थप प्रचारप्रसारका लागि आफूले गीत रचना गरेको जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]