अध्यादेश तत्काल फिर्ता लिएर संसदको बैठक बोलाउन काँग्रेसको माग !

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । बैठकले सरकारलाई सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सचेत गराएको छ ।
संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।