सुनको मूल्य बढ्यो


काठमाडौं । सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ । बुधबार पनि सुनको भाउ चार सय रुपैयाँले बढेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]