मन्त्रिपरिषद बैठक सकियो, अध्यादेश फिर्ता भएन !


काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सकिएको मन्त्रिपरिषद् बैठकले अध्यादेशबारे कुनै छलफल नगरेको एक मन्त्रीले जानकारी दिए । “प्रधानमन्त्रीले फिर्ता भयो पनि भन्नुभएन । छलफल पनि भएन । मङ्गलबार जारी गर्दा पनि औपचारिकरूपमा टेबल गरिएको थिएन,” एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको एक्लाएक्लै छलफलपछि स्थगित गर्ने निष्कर्षमा पुगेका थिए । परिषद्को बैठक नबसेपछि स्थायी कमिटीको निर्णयअनुसार अध्यादेश फिर्ता लिने अपेक्षा थियो । तर, छलफल नभएको ती मन्त्रीले बताएका हुन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश फिर्ता लिने र अध्यादेशविरुद्ध छलफल गर्नका लागि विशेष अधिवेशन नबोलाउने सहमति भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]