कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।