विप्लव समुहका सेती महाकाली ब्यूरो इन्चार्ज पक्राउ !


कैलाली । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ‘असल’ भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई लम्कीचुहा नगरपालिकाबाट पक्राउ गरिएको बताए ।

उनका अनुसार ढकाललाई लम्कीचुहास्थित घरबाटै पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा पक्राउ गरिएका ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]