नेकपाको स्थायी कमिटी बैठक सकियो, अर्को बैठक ५ पुसमा बस्ने !


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुस ५ गते पुनः बस्नेगरी टुंगिएको छ । झण्डै तीन घण्टा ढिलागरी बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसदको विशेष अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षर स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अध्यादेश आएपछि मंगलबार बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक नियुक्तिका लागि कुनै निर्णय नभएको जानकारीसमेत गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै संकलन गरिएको हस्ताक्षर पनि रोक्ने निर्णय गरेको छ,’’ प्रवक्ता श्रेष्ठले भने । ’’ उनका अनुसार स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने भएकाले सो दिनका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गतेका लागि सारिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]