पाल्पामा कोरोनाबाट थप एक जनाको मृत्यु !


गुल्मी । गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पाल्पामा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गुल्मीको रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । मंसिर २५ गते लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको परिवारले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]