गौतमबुद्ध कपको उपाधि राप्तीलाई !


काठमाडौं । राप्ती टिमले गौतमबुद्ध कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि हात पारेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो ।

उसका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, रित गौतम र इशान पाण्डेले समान २७–२७ रन बनाए । राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो । राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए । नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट लिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]