शेरबहादुर देउवा संवैधानिक परिषद् बैठकमा नजाने !


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा नजाने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा नजाने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गरेर बहुमतका आधारमा पनि नियुक्ति गर्न सक्ने व्यवस्था गरेपछि उनी बैठकमा जानुको अर्थ नरहेको कांग्रेस नेताहरुले बताएका छन् । आजको बैठकमा सभापति देउवा नजाने जानकारी दिँदै कांग्रेस नेता रमेश लेखकले सरकारको यो कदमका विषयमा पार्टीभित्र छलफल हुने बताए । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]