प्रधानमन्त्री कोइरालाको आह्वान, आउनुस् छलफल गरौं वार्तामा बसौं


sushilप्रधानमन्त्री सुशील कोइरालाले वार्ताद्वारा नै संविधान निर्माणलगायत मुलुकका सामु रहेका सबै राजनीतिक समस्याको समाधान हुने बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले नेपालगन्जको अन्तराल समूहद्वारा आयोजित बिपीको ऐतिहासिक फोटो प्रदर्शनी यात्राको प्रधानमन्त्री निवास बालुवाटारमा शुभारम्भ गर्दै बताउनुभएको हो । ‘वार्तामा बसौँ, छलफल गरौँ,’ प्रधानमन्त्री कोइरालाले संविधान निर्माणबारे अत्यन्त विश्वासका साथ भन्नुभयो, “छलफलद्वारा नै समस्याको निदान र समाधान निस्कन्छ ।” सो अवसरमा प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुका बीचमा वार्ता भइरहेको पनि बताउनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “हामी मुलुकमा संविधान दिने तयारीमा छौँ । संविधान निर्माणसँगै हामी मुुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक विकासमा लागेका छौँ ।” कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जननायक बिपी कोइरालाले प्रतिपादित गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति सर्वकालीक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले जननायक बिपीको सङ्घर्षमय जीवन नेपाली काँग्रेसका कार्यकर्तासहित समस्त राजनीतिकर्मीका लागि पनि प्रेरणादायी रहेको बताउनुभयो । कञ्चनपुरको चाँदनी र दोधारा गाविसबाट प्रदर्शन सुरु गरिने सो घुम्ती फोटो प्रदर्शनी दुई वर्षमा देशका ७५ जिल्लामा सम्पन्न हुने आयोजकको अनुमान छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]