सुनको मूल्य घट्यो, तोलामा कति छ आज ?


काठमाडौँ । मंगलबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ८५० नै कायम रहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]