विगतका कमजोरीबाट सिक्दै अघि बढ्ने भिक्टोरियन स्वास्थ्यमन्त्रीको प्रतिबद्धता


मेलबर्न, अष्ट्रेलिया ।

एक छानविनले भिक्टोरिया सरकारको कन्ट्याक ट्रेसिंग कार्यक्रमको प्रभावकारिता अभावमा कोरोना भाईरसको दोश्रो उछालका बेला कतिपयले ज्यान गुमाउनुपरेको तथ्य सार्वजनिक गरेको छ । विधान परिषद्को कानूनी र सामाजिक समितिले तयार पारेको २ सय ६० पेज लामो प्रतिवेदनमा यो विषय समेटिएको छ । संसदीय छानविनले पहिले अपनाइएको कन्ट्याक ट्रेसिंग विधि तिव्र गतिमा कोरोना फैलिएको अवस्थामा काम गर्न असमर्थ रहेको देखाएको हो ।

गएको मार्च महिनामा भिक्टोरियामा कन्ट्याक ट्रेसिंग गर्ने कार्यमा जम्मा १४ जना नियुक्त थिए । यस्तै रिपोर्टमा स्वास्थ्य विभागले बहुसांस्कृतिक समूदायसँगको सूचना पहुँचमा प्रभावकारी रुपमा काम गर्न ढिला गरेको देखाएको छ । किनकि, हरेक तीनमा एक कोभिड १९ को संक्रमण अंग्रेजी भाषाबाहेक अन्य भाषा घरमा बोल्नेहरुमा भएको थियो । कोरोना नियन्त्रणमा यी समूदायको संलग्नता र अनुवादित भाषामा समस्या आदिले अन्योलता थपेको थियो ।

भिक्टोरियाका स्वास्थ्यमन्त्री मार्टिन फोलीले गल्तीहरुबाट सिक्दै अघि बढने प्रतिबद्धता जनाएका छन् । यसैकारण अहिले भिक्टोरिया कन्ट्याक ट्रेसिंगमा विश्वस्तरको नयाँ प्रविधि अपनाएको र यो निकै अघि गरिनुपर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]