विश्वभर युट्यूब र गुगलका सेवाहरू प्रभावित !


काठमाडौँ । विश्वभरि नै सबैभन्दा लोकप्रिय केही एप्लिकेशन र सेवामा समस्या आइरहेको छ तर अहिले गुगल, जीमेल र युट्युबको भने सर्भर नै डाउन भएको छ । डाउनडेक्टरका अनुसार ११ः५६ जीएमटी समयदेखि विश्वभरका प्रयोगकर्ता प्रभावित बनेका हुन् । गुगलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यद्यपि युट्युब नचलेको भन्दै सूचना दिनेमध्ये ५४ प्रतिशतले वेबसाइटको प्रयोग गर्न नसकेको, ४२ प्रतिशतले भिडियो देख्न नसकेको र तीन प्रतिशतले लग इनमा समस्या देखिएको बताएका छन् । त्यस्तै जीमेलमा समस्या देखिएको भन्दै सूचना दिनेमध्ये ७५ प्रतिशतले लग इन गर्न नसकेको, १५ प्रतिशतले बेवसाइटसम्म पुग्न नसकेको र आठ प्रतिशतले सन्देश प्राप्त नभएको गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]