कोरोना संक्रमण घट्दै, देशभर थप ८ सय २१ जनामा कोरोना संक्रमण


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८२१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना परीक्षण घटेसँगै संक्रमितको संख्या पनि घट्दै गएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]