नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने !


काठमाडौँ । नेकपा स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ । बालुवाटारमा आज दिउसो १ बजे बस्ने बैठकमा शोक प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । नेकपा केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।

पूर्वसांसद लामाको मंसिर २४ गते निधन भएको थियो। कोरोना संक्रमण भएका लामाको उपचारका क्रममा निधन भएको थियो ।
मंसिर २१ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश भएको थियो । दुवै प्रस्ताव अध्ययन गर्न स्थानीय कमिटी सदस्यहरुलाई एक साताको समय दिइएको थियो ।

मंसिर २१ गतेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएर पत्र पठाएका थिए । आजको बैठकमा भने प्रधानमन्त्री ओली पनि उपस्थित हुने जनाएको छ । नेकपा विवाद सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको छ । स्थायी कमिटीमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]