गाैतम बुद्ध कप: बागमतीमाथि नारायणीको रोमाञ्चक जीत


काठमाडौं। सुवास खकुरेलको कप्तानीमा रहेको नारायणीले आज गौतमबुद्ध कपमा बागमतीमाथि सुपर ओभरमा रोमाञ्चक जीत हासिल गरेको छ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नारायणीका कप्तान सुवास खकुरेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङका लागि आएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो। ११८ रनको लक्ष्य पछ्याएको नारायणीले पनि ९ विकेट गुमाएर ११७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा करण केसीले चार छक्का प्रहार गरेपछि नारायणीले २५ रन बनाएको थियो। २६ रनको लक्ष्य पछ्याएको बागमतीले २१ रन मात्र जोड्न सक्यो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]