मेलबर्न क्रिकेट ग्राउन्डमा अब ३० हजार दर्शकले क्रिकेटको मज्जा लिनसक्ने !

भिक्टोरिया राज्य सरकारले आगामी बक्सिंग डेमा मेलबर्न क्रिकेट ग्राउन्डमा हुन लागेको क्रिकेट खेलका लागि ३० हजार दर्शकले हेर्न सक्ने व्यवस्था गरेको छ । यसअघि अष्ट्रेलिया र भारतबीचको टेष्ट क्रिकेटमा यो संख्या २५ हजार मात्र थियो ।
बिहीबार थप दर्शकहरुले पनि हेर्न सक्ने व्यवस्था गर्नुअघि राज्य सरकारले क्रिकेट अष्ट््रेलियासँग कोरोना सुरक्षित वातावरणमा खेल गर्ने विषयमा छलफल गरेको थियो । यससँगै शुक्रबारदेखि आम दर्शकका लागि थप टिकट बिक्री सुरु भइसकेको छ ।
मेलबर्न क्रिकेट क्लबका प्रमुखले आगामी जनवरीभित्र ५० हजार दर्शकले हेर्नसक्ने आशा व्यक्त गरे भने बिग बास लिगमा अझ बढी दर्शकले क्रिकेटको मजा लिनसक्ने उनको अपेक्षा छ । गत वर्ष बक्सिंग डेमा अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको टेष्ट क्रिकेट म्याचमा ८० हजार दर्शक सहभागी भएका थिए ।