सञ्जीव र टिकाको ‘कान्छी–कान्छा’मा पल र एलिशाको अभिनय (भिडियो) !


काठमाडौँ । गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङले एरेन्ज गरेका छन् । उक्त गीतमा पल शाह र एलिशा राईले अभिनय गरेका छन् ।

गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारी टिमको छायांकन र लक्ष्मण पौडेलको निर्देशन छ । गायक पराजुली र गायिका टिका प्रसाईको स्वर रहेको ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘तिमी मलाई मनपर्छ’, ‘जानी नजानी’, ‘हातमा घडी’लगायतका गीत चलेका गीत हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]