निर्वाचन नतिजा उल्टाउने ट्रपको प्रयासमा अर्को ठूलो झट्का !

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चयनको चुनावअन्तर्गत जर्जिया, मिसिगन, पेनसिल्भेनिया र विस्कान्सिन राज्यको मत परिणाम निर्वाचन नतिजा उल्ट्याउने प्रयास त्यहाँको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । उनका प्रतिद्वन्दी जो बाइडेनले जितेका चार राज्यमा निर्वाचन नतिजा उल्ट्याउने प्रयास त्यहाँको सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।
ट्रम्पले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चयनको चुनावअन्तर्गत जर्जिया, मिसिगन, पेनसिल्भेनिया र विस्कान्सिन राज्यको मत परिणाम अमान्य गराउन माग गरेका थिए, जहाँ उनका प्रतिद्वन्दी जो बाइडेनले जितेका छन् । यस मामिलामा १२ राज्यका महान्यायधिवक्ता र कांग्रेसका १२७ रिपब्लिकन सदस्यले समर्थन जनाएका थिए ।
तर सर्वोच्च अदालतले यस विषयमा टेक्साससँग कुनै कानुनी आधार नभएको उल्लेख गर्दै यो मुद्दा सर्वोच्च अदालतमा चलाउन नसकिने बताएको छ । सर्वोच्च अदालतको यो फैसला ट्रम्पका लागि ठूलो झड्का हो, जसले चुनावमा भएको ‘धाँधली’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिइरहेका थिए ।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्ने दिन नजिकै आइसक्दा पनि ट्रम्पले अझै आफ्नो हार अस्वीकार गरिरहेका छन् र चुनावमा धाँधली भएको भन्दै नतिजा उल्टाउन अदालत धाइरहेका छन् । अमेरिकाको पम्पराअनुसार यही डिसेम्बर २० तारिख नयाँ राष्ट्रपति (बाइडेन) ले पदभार ग्रहण गर्नेछन् ।