मेस्सी,रोनाल्डो र लेवान्डोस्की फिफाको वर्ष खेलाडीमा मनोनयन !


एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ ।

अन्तिम ३ मनोनयनमा पर्नेहरुको सूची यस्तो छः
दी बेस्ट फिफा मेन्स प्लेअरः लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की ।
दी बेस्ट फिफा वुमन्स प्लेअरः लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड ।
दी बेस्ट फिफा वुमन्स गोलकिपरः साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर ।
दी बेस्ट फिफा मेन्स गोलकिपरः एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक ।
दी बेस्ट फिफा वुमन्स कोचः एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन ।
दी बेस्ट फिफा मेन्स कोचः मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप ।
फिफा पुस्कास अवार्डः जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]