नवलपुरको दुम्किवासमा प्रहरी र स्थानीयबीच झडप !


काठमाडौँ । ट्याक्टर चालकको मृत्युका कारण नवलपरासी -बर्दघाट सुस्तापूर्व_ नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् ।

प्रहरीको कुटाइबाट दाङको राजापुर गाउँपालिका–४ का २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको भन्दै स्थानीयले राति १ बजेदेखि पूर्वपश्चिम राजमार्गको दुम्किबास खण्ड अवरूद्ध पारेका छन् । अवैधरूपमा ढुंगा गिट्टी निकालेको भन्दै प्रहरीले पिटेका कारण यादवको मृत्यु भएको भन्दै स्थानीयवासीले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गरेपछि १३ सेल अश्रुग्यास पनि प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले अहिले पनि इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । प्रहरीले भने यादबको मृत्यु प्रहरीको कुटाइबाट नभइ ट्याक्टर दुर्घटनामा भएको दाबी गरेको छ ।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंको ट्याक्टर दुर्घटना हुँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख, प्रहरी निरीक्षक विकास बमले बताए । जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्याक्टर लिएर भागेका यादव दुर्घटनामा परेको उनको दाबी छ । सोक्रममा प्रहरीले चारवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]