नक्कली आईडी, मेडिकेयर र क्रेडिट कार्ड बनाएको अभियोगमा ४ जना पक्राउ, भारतीय मुख्य नाईके


fraudनक्कली आईडी कार्ड, मेडिकेयर र क्रेडिट कार्ड बनाएको अभियोगमा न्यू साउथवेल्स प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरुले अहिलेसम्म हजारौं नक्कली आईडी बनाएको अनुमान गरिएको छ । घटना त्यतिबेला सार्वजनिक भयो जब प्रहरीले चीनबाट आएको एउटा प्याकेटमा ५ हजार ड्राईभिंग लाईसेन्समा प्रयोग हुने नक्कली होलोग्राम ल्याएको फेला पारे । प्रहरीका अनुसार आरोपीहरुले आईडी कार्ड यातायातका साधनमा प्रयोग गर्ने गर्दथे भने क्रेडिट कार्डबाट शपिंग गरेका थिए । पक्राउ पर्नेमध्ये तीन पुरुष र एक महिला छन् । तीनमध्ये दुईजना भारतीय हुन् उनीहरुको उमेर क्रमशः २५ र ४१ वर्षको रहेको र उनीहरुलाई आज बरउडको स्थानीय अदालतमा पेश गरिनेछ । यस्तै अर्का ४० वर्षीय महिला भियतनामकी हुन् भने ५७ वार्षीय व्यक्ति क्यान्ले भेलेका हुन् । उनीहरुलाई भने अदालतले धरौटीमा रिहा गरेको छ । करिब एक महिनाको अनुसन्धानपछि यिनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । यिनीहरुलाई लागेको अभियोगमा १० वर्षसम्मको जेल हुनसक्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]