जब पप क्वीन म्याडोना ब्रिट एवार्डको स्टेजबाट लडिन्

कलाकारहरु स्टेजमा आफ्नो परफर्मेन्स देखाउँदा केही दुर्घटना भइहाल्यो भने के गर्लान् ? पक्कै पनि कार्यक्रम नै रोकिन्छ, वा उनको त्यो परफर्मेन्स भने रोकिने पक्का छ । तर, म्याडोनाले सम्हालिन् आफ्नो प्रस्तुति । लण्डनमा भएको ब्रिट एवार्डका क्रममा आफ्नो प्रस्तुति दिँदादिँदै म्याडोना तीनवटा खुटकिला माथिबाट एक्कासी भुईमा बजारिन पुगिन् । भयो के भने, उनले लामो लुगाको फेरो अर्को कलाकारले तानिदिनुपर्ने थियो । यसपछि तर, उनले त्यस लुगालाई गलामा राम्रैसँग बाँधेकी थिइन् यो फुस्केन र, उनी पनि तानिन पुगिन् । गीतका केही लाईन् मिस भएपनि उनले आफ्नो गीत लिभिंग फोर लभलाई निरन्तरता दिइन् । र, पूरा गरिन् । यसपछि चिन्तित बनेका फ्यानहरुलाई आफ्नो सामाजिक सञ्जाल मार्फत भनिन्, केहीले पनि मलाई रोक्न सक्दैन । त्यो लुगा अलि बढी कस्सिएको रहेछ ।
ओ टू एरिनामा गरिएको यो ब्रिट एवार्ड २०१५ मा म्याडोना पहिलो पटक सहभागी भएकी थिइन् । गत २० वर्षदेखि सञ्चालित यस एवार्डमा म्याडोनाको प्रस्तुति पहिलो पटक नै थियो । यही कार्यक्रममा टेलर स्वीफ्ट र शाम स्मीथले पनि आफ्नो प्रस्तुति दिएका थिए ।