ट्रम्पले ह्वाइट हाउसबाट बिदा भएपनि पाउनेछन् वार्षिक २ लाख डलर ! १० लाख भ्रमण भत्ता !

अमेरिकामा नयाँ राष्ट्रपतिको रूपमा डेमोक्रेटिक पार्टीका जो बाइडेन निर्वाचित भइसकेका छन् । उनले कार्यभार सम्हाल्न तथा ह्वाइट हाउसमा प्रवेश गर्न बाँकी नै रहेको समयमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार्न भने आनाकानी गरिरहेका छन् । उनले विभिन्न अदालतमा दर्ता गरेका मुद्दाहरू एकपछि अर्को गर्दै खारेज भएपछि जो बाइडेनको कार्यकाल सुरू हुनमा कुनै अवरोध नहुने लगभग निश्चित छ ।
आगामी जनवरी २० तारिखमा जो बाइडेन ह्वाइट हाउसमा प्रवेश गर्दैछन् भने वर्तमान राष्ट्रपति ट्रम्पको बिदाइ हुँदैछ ।
अमेरिकी राष्ट्रपति हुँदा ट्रम्पले ह्वाइट हाउसबाट ठूलो सुविधा लिए । वार्षिक ५ लाख ४२ हजार तलब, व्यक्तिगत हेलिकप्टर र प्लेन तथा दर्जनौ कर्मचारी । राष्ट्रपति हुँदा त्यहाँ सबैका लागि यी सुविधा उपलब्ध हुँछन् । तर, अब ठूलो सरकारी सुविधाले घेरिएर बसेका ट्रम्पले पुनः सामान्य अमेरिकी नागरिकको रूपमा जीवन बिताउँदा के के सुविधा पाउँछन् त रु यो चासोको विषय हुन सक्छ ।
केही नीतिहरूमा पहुँच
एक पटक अमेरिकी राष्ट्रपति भएको आधारमा ट्रम्पले केही विशिष्ट भेटघाट तथा परराष्ट्रसम्बन्धि विषयमा पहुँच पाउनेछन् । हरेक राष्ट्रपतिलाई पूर्व राष्ट्रपतिले गरेका कामहरूको विशिष्ट खाकामा अमेरिकी तथा विश्व सन्दर्भका बारेमा निश्चित विवरण उपलब्ध गराउने त्यहाँको नियम छ । तर, ट्रम्पले बाइडेनलाई यो खाका दिन मन्जुरी देखाएका छैनन् । तर, यो नियम बाध्यकारी छ ।
बाराक ओबामाले आइप्याड र लेदरको कभरले बेरिएको १०–१५ पेजको डकुमेन्ट लिएर ह्वाइट हाउस छोडेका थिए ।
यदी ट्रम्पको कारण राष्ट्रीय सुरक्षाको खतरा भएको ठानेमा बाइडेनले ट्रम्पको त्यो विशिष्ट अधिकारमा अंकुश लगाउन पनि सक्नेछन् ।







उच्च तहको विशेष सुरक्षा
ह्वाइट हाउसबाट बिदा भएता पनि ट्रम्प तथा उनकी पत्नी मेलानिया र उनका छोराले पनि उच्च तहको विशिष्ट सुरूक्षा पाउनेछन् । तर, उनकी पत्नीले ट्रम्पसँग सम्बन्ध बिच्छेद गरेको अवस्थामा उनको सुरक्षा कटौती हुनेछ ।
वार्षिक पेन्सन
राष्ट्रपति भएको नाताले डोनाल्ड ट्रम्पले जीवनभर वार्षिक पेन्सन पाउनेछन् । वर्तमान राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोडेपछि पनि वार्षिक करीब २ लाख १९ हजार अमेरिकी डलर पेन्सन बापत बुझ्नेछन् । त्यस्तै, ट्रम्पकी पत्नी मलेनियाले पनि २० हजार अमेरिकी डलर वार्षिक रूपमा पेन्सन स्वरूप अमेरिकी सरकारबाट प्राप्त गर्नेछिन् ।
कार्यालय र कर्मचारी
ट्रम्पले ह्वाइट हाउस छोडेपछि ७ महिनाका लागि ह्वाइट हाउसबाट कार्यालयको लागि स्थान र उनले नियुक्त गर्न कर्मचारीका लागि निश्चित खर्च पाउनेछन् । उनले ह्वाइट हाउसबाट पाउने रकमले अमेरिकाभर जहाँ पनि कार्यालय सञ्चालन गर्न सक्नेछन् ।
भ्रमण भत्ता
ट्रम्पले व्यक्तिगत भ्रमण खर्चका रूपमा अमेरिकी सरकारबाट वार्षिक १ मिलियन डलर पाउनेछन् । उक्त रकमले ट्रम्पले आफ्ना २ जना कर्मचारीको भ्रमण खर्च पनि व्यहोर्न सक्छन् । त्यस्तै ट्रम्पकी पत्नि मलेनियाले पनि वार्षिक ५ लाख अमेरिकी डलर सरकारी भ्रमण बापत पाउनेछिन् ।
स्वास्थ्य सुविधा
अमेरिकामा पूर्व राष्ट्रपतिहरूले निः शुल्क स्वास्थ्य सुविधा प्राप्त गर्ने प्रावधान भने राखिएको छैन् । अहिलेको अवस्थामा राष्ट्रपति ट्रम्प र उनकी पत्नीले ह्वाइट हाउस छोडेपछि सैनिक हस्पिटलमा उच्च तहको स्वास्थ्य सुविधा पाउनेछन् । तर, यसका लागि उनीहरूले शुल्क भने तिर्नुपर्ने हुन्छ । उनीहरूले स्वास्थ्य बीमा पनि आफ्नै रकमबाट गर्नुपर्ने प्रावधान छ ।
शहरमा रहेको राष्ट्रपति आवासको प्रयोग
राष्ट्रपति ट्रम्पले वासिंटन डिसीमा रहेको राष्ट्रपति भवनको प्रयोग गर्न पाउनेछन् । ५ तला रहेको उक्त भवन विशेषतः पूर्व राष्ट्रपतिहरूका लागि भनेर नै बनाइएको हो । उक्त घरमा २ वटा डाइनिङ रूम, धेरै बेडरूम तथा सुरक्षाकर्मीहरूको कोठाहरू समेत छन् ।
कानुनले दिएका सुविधाहरू
अमेरिकामा पूर्व राष्ट्रपति ऐन १९५८ ले कुनै अनैतिक गतिविधि गरेर बर्खास्त गरिएका बाहेक सबै राष्ट्रपतिलाई के कस्ता सुविधा दिने भन्ने तय गरेको छ । यो ऐनभन्दा अघि त्यहाँका पूर्व राष्ट्रपतिहरूले केही सुविधा पाउँदैनथे । त्यसपछि पनि हर्बर्ट हूभर र आन्द्रे ज्याक्सनले सरकारी सुविधा फिर्ता गरेका थिए भने हेनरी ट्रुमानलाई आर्थिक संकट पर्दा यो एेनले ठूलो सहयोग पुर्याएको थियो ।
अमेरिकामा पूर्व राष्ट्रपतिको रूपमा सबैभन्दा पहिले पूर्व राष्ट्रपति वाइट आइसेन्होवरले सरकारी सुविधा लिएका थिए । यसरी पूर्व राष्ट्रपतिलाई सुविधा दिँदा लाग्ने लागत जनरल सर्भिस एडमिनिस्ट्रेसन९जिएसए०ले व्यवस्थापन गर्दै आएको छ ।
तलब बाडेका थिए ट्रम्पले
अमेरिकी राष्ट्रपति भइसकेपछि डोनाल्ड ट्रम्पले आफ्नो तबलको केही हिस्सा कतै सहयोग गरिरहेका थिए । उनले २०१७ मा पहिलो तबलको एक चौथाइ अर्थात् ७८ हजार ३ सय ३३ डलर नेसनल पार्कका लागि दिएका थिए ।
त्यसपछिका वर्षहरूमा पनि उनले आफ्नो तलबको केही हिस्सा विभिन्न संस्था तथा प्रतिष्ठानमा दिइरहेका छन् । गत मार्चमा ट्रम्पले १ लाख डलरको एक चौथाइ त्यहाँको स्वास्थ्य विभागमा दिएको प्रेस सल्लाहकार केलि म्याइनानीले उल्लेख गरेका छन् ।