चारजना मृत अवस्थामा फेला !

काठमाडौँ । देशका विभिन्न ठाउँमा ४ जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको मादी गाउँपालिका–२ ल्याप्रयाङस्थित खोलामा एक युवक मृत फेला परेका छन् । २९ वर्षीय बल्लु परियार आज बिहान मृत फेला परेका हुन्। उनी सोही गाउँपालिका(२ को ताङतिङमा काम गर्दै आएका थिए ।
उनको घर रूपन्देहीको देवदह नगरपालिका–५ हो । उनको मृत्यु घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै, कैलालीको गोदावरी नगरपालिका–६ भुयारामा सोही ठाउँका ४४ वर्षीय कालु नेपाली आज मृत अवस्थामा फेला परेका छन् ।
आजै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार पुलनजिक सनाखत नभएका अन्दाजी ४० वर्षीय पुरूष र रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ तीनकुनेमा पनि सनाखत नभएका ५६ वर्षीय पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाहरूका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।