कलैयामा वालिका बलात्कार गर्ने पक्राउ, फोहर फाल्ने ठाउँमा लगी बलात्कार


rapeजिल्ला प्रहरी कार्यालय बाराले बलात्कारको अभियोगमा पक्राउ परेका अभियुक्तलाई मङ्गलबार सार्वजनिक गरेको छ । प्रहरीले सूचनाका आधारमा बलात्कारको अभियोगमा कलैया–४ बस्ने विन्दा साह कानुको २८ वर्षीय छोरा कन्हाई गुप्तालाई निजकै घरबाट यही फागुन १० गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले पत्रकारलाई बताउनुभयो । कलैया–८ बस्ने बद्रीनारायण साहकी ७ वर्षीया छोरीलाई निजकै आफ्नो कलैयाबजारमा रहेको पसलबाट यही फागुन ८ गते बेलुकी ७ बजे अभियुक्त गुप्ताले ललाइफकाइ कलैया–६ मोतिबागस्थित मकसुद अन्सारीको घरपछाडि फोहर फाल्ने ठाउँमा लगी बलात्कार गरी अचेत अवस्थामा छाडी फरार भएका थिए । फागुन ९ गते विहान अचेत फेला परेकी उनको बीरगन्जमा उपचार पछि थप उपचारका लागि कान्तिवाल अस्पताल काठमाडौंमा लगी आईसियुमा उपचार भइरहेको पनि मल्लले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]