पर्यटन बोर्डमा ताला लगाउन खोज्ने चारजना पक्राउ !


काठमाडौं । रोजगार विहीन भएको भन्दै नेपाल पर्यटन बोर्डमा तालाबन्दी गर्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन उद्योग ठप्प भएसँगै यस सम्बद्ध श्रमिक रोजगारविहीन हुँदा जीविकोपार्जनमा समस्या हुँदासमेत सरकारले बेवास्ता गरेको भन्दै पर्यटन व्यवसायीहरु आन्दोलित भएका हुन् ।

उनीहरू अहिले बिहान तालबन्दी गर्न पर्यटन बोर्ड पुगेका थिए । तालाबन्दीको प्रयास गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]