सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम

काठमाडाैँ । सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । चीन र नेपालको संयुक्त टोलीले अध्ययन गरेपछि मंगलबार नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
नयाँ मापन अनुसार सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर रहेको थियो । सगरमाथाको उचाइ पहिलेको भन्दा ८६ सेन्टिमिटरले बढेको छ ।
नेपाली पक्षले नै सगरमाथाको उचाइ मापन गरेको यो नै पहिलोपटक हो । यसअघिको उचाइ भारतीय टोलीले मापन गरेर कायम गरिएको थियो ।