सुनको मूल्यमा भारी वृद्धि, आजको मूल्य कति ?


काठमाडाैँ । मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको हो ।

सोमबार सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]