विद्यार्थीसँगै शिक्षक क्वारेन्टीनमा बस्ने भिक्टोरियाका माध्यमिक विद्यालयहरुको समूहको योजना


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियाका माध्यमिक विद्यालयहरुले अन्तर्राष्ट्रिय विद्यार्थीका सन्दर्भमा महामारीका कारण बढेको अन्योललाई अन्त्य गर्न छलफल आरम्भ गरेका छन् । सीमित मात्र अन्तर्राष्ट्रिय आवागमनका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरु न त आफ्नो देश फर्कन पाएका छन् न त फर्किएपछि आफ्नो शिक्षा नयमित गर्न यहाँ आउने पाउने कुराको नै सुनिश्चित भएको छ । अष्ट्रेलियाका अन्य राज्यको तुलनामा भिक्टोरियामा माध्यमिक तहका अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बढी छ । तर, सरकारले उनीहरुको फिर्तीका विषयमा कुनै निर्णय गरिसकेको छैन ।

भिक्टोरियाका प्रतिष्ठित निजी विद्यालयहरुको समूहले पेश गरेको कार्ययोजनामा कोभिड सेफ राष्ट्रहरु चीन, भियतनाम, थाईल्याण्ड, सिंगापुर, हंगकंग लगाययतका देशबाट विद्यार्थीहरुलाई मात्रै विशेष विमानर्फत ल्याउने प्रस्ताव छ ।

शिक्षकहरुले यस्ता विद्यार्थीलाई आगमनमै भेट्नेछन् भने उनीहरुसँगै क्वारेन्टीन अवधिभर सँगै रहनेछन् । यस्तै केही विद्यालयहरुले गर्मीविदाको बेलाका लागि समेत कार्यक्रम बनाएका छन् जसका कारण विद्यार्थीले आफ्नो घर फर्किन नपरोस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]