स्रोत नखुलेको १६ लाख रकमसहित बनिया पक्राउ !

रुपन्देही । भैरहवाबाट स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकजाँचका क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम बनिया १६ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।
लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हजार दरका १०३५ थान र पाँच सयदरका १२३० थान गरि १६ लाख ५० हजार रुपैयाँ लिएर हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ । चेकजाँचको क्रममा भेटिएको रकमको स्रोत बनियाले खुलाउन नसकेपछि अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । श्याम कुमारबाट २ वटा आइएमइ नम्बर र १ थान मोबाइल समेत बरामद गरेको छ ।