सगरमाथाको नयाँ उचाइको घोषणा भोलि हुने !


काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ नापी विभागले भोली (मंगलबार) घोषणा गर्ने भएको छ। सोमबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।

त्यसका लागि नापी विभाग परिसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । आर्थिक वर्ष ७५–७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

सन् २०१९ मा चिनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]