डोटीमा जिप दुर्घटना, वडासचिवसहित ३ जनाको मृत्यु !

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना भएको छ। शनिबार मध्य राति भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । पाँच जना घाइते भएका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरि नाराण्ण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले बताए ।
अर्का एकजना मृतकको सनाखत हुन नसकेको उनले बताए । डोटीको दिपायलबाट बोगटान फुड्सिल आउँदै गरेको जिप गएराति करिब साढे १ बजे बोगटान फुड्सिल गाउँपालिका– ७ को चवराचौतारामा दुर्घटनामा परेको हो ।