चितवन समाज भिक्टोरियाको अध्यक्षमा अनुपम पाठक, यस्तो छ नयाँ कार्यसमिति


मेलबर्न अष्ट्रेलिया ।

नेपालमा चितवन घर भई अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्नेहरुको संस्था चितवन समाजले आफ्नो साधारणसभा सम्पन्न गर्दै नयाँ नेतृत्वको चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले अनुपम पाठकको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको हो । सर्वसम्मत रुपमा बनेको समितिमा विपुल ज्ञवाली उपाध्यक्ष छन् भने सचिवमा गोविन्द पाठक चुनिएका छन् । यस्तै कोषाध्यक्षमा राजेन्द्र उप्रेति, सहसचिवमा कमल लामिछाने, सहकोषाध्यक्षमा सोभित प्रधान चुनिएका छन् ।

कार्यसमिति सदस्यहरुमा सुमन अधिकारी, बबिन मिश्र, प्रकाश आचार्य, एसके गौतम, सैवाल न्यौपाने, दिक्षा रिजाल, हरि सापकोटा, शिशिर बस्ताकोटी, फणिन्द्र अधिकारी, कृष्णहरि पौडेल र कस्तुरी शर्मा रहेका छन् । साधारण सभामा भिक्टोरियाको नेपाली समूदायका अगुवा सोम गुरुंग र सुरेश पोखरेल सम्मिलित निर्वाचन समिति बनाइएको थियो ।

नयाँ नेतृत्व चयन अघि अघिल्लो कार्यसमितिका अध्यक्ष आत्माराम रिजालले आफ्नो कार्यसमितमा रही कार्य गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यस्तै सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा उपस्थित एनआरएन अष्ट्रेलियाका अध्यक्ष एवं चितनव समाजका सल्लाहकार केशव कँडेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुंग, एनआरएन भिक्टोरियाका संयोजक प्रेमप्रसाद कँडेल, सुरेश पोखरेल, सोम गुरुंग लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । चितवन समाज भिक्टोरियाले आफ्ना सदस्य र नेपाली समूदायलाई जोड्न विभिन्न कार्यक्रमहरु गरेका छन् भने नेपालमा विभिन्न परोपकारी कार्यहरु गरिरहेको छ ।

यसअघि नै सम्पन्न हुनुपर्ने साधारणसभा कोभिड १९ कोरोना भाईरसको संक्रमणका कारणले शनिबार मात्रै सम्पन्न हुन सकेको हो । भिक्टोरियामा कोरोना संक्रमण ३६ दिनदेखि शून्यको अवस्थामा छ भने ईन्डोर कार्यक्रमस्थलमा ५० जनासम्म भेला हुन पाउने व्यवस्था छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]