घरमा २ जना श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाउने वडाध्यक्ष पक्राउ

सल्यान । घरमा २ जना श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाउने वडाध्यक्ष पक्राउ परेका छन् । अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले दिएको जानकारी अनुसार वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै वडाबासीले प्रहरीमा बहुविवाहको जाहेरी दिएपछि पक्राउ गरिएको हो ।
शुक्रवार साँझ प्रहरीले वडाध्यक्ष कुमाई र उनले बिहे गरेकी ग्वामी विष्टलाई समेत जयतपानी बजारबाट नियन्त्रणमा लिएको हो ।
कुमाईका यसअघि नै दुई श्रीमती छन्। उनीहरुबाट चार जना छोराछोरी पनि छन्।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।