माइकल जोर्डन र बाराक ओबामाले लगाएका बास्केटबल जर्सी सबैभन्दा महँगो रकममा बिक्री


एजेन्सी । शुक्रबार बास्केटबलका २ वटा जर्सी ठूलो रकममा बिक्री भएका छन् । अक्सनको माध्यमबाट शुक्रबार माइकल जोर्डन र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले लगाएका जर्सीले मोटो रकम पाएका हुन् ।

लस एन्जल्समा शुक्रबार भएको अक्सनमा माइकल जोर्डनले लगाउने २३ नम्बरको जर्सी ३ लाख २० हजार अमेरिकी डलरमा बिक्री भएको छ । एनबिए सुपरस्टारले सिकागो बुल्समा आबद्ध हुँदा सन् १९८४ मा उक्त जर्सी लगाएका थिए ।

त्यस्तै, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्कुल टिमबाट खेल्दा लगाएको जर्सीले पनि १ लाख ९२ हजार अमेरिकी डलर पाएको छ । गत वर्ष उनले स्कुल टिमबाट खेल्दा नै लगाएको जर्सी १ लाख २० हजार अमेरिकी डलरमा बिक्री भएको थियो ।

ओबामाले सन् १९७९ मा २३ नम्बरको जर्सी लगाएर बास्केटबल खेलेका थिए । उक्त जर्सीमा ओबामाले हवाइ बास्केटबल स्टेट च्याम्पियन्सिपको उपाधी जित्न ठूलो योगदान गरेका थिए ।

बास्केटबल ओबामालाई सबैभन्दा मन पर्ने खेल हो । यी २ जर्सी अहिलेसम्म कै सबैभन्दा महँगो रकममा बिक्री भएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]