सुनको मूल्यमा सामान्य वृद्धि, कति छ आजको भाउ ?


काठमाडाैँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा छापावाल सुन शुक्रवार ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]