रुसमा एक लाखभन्दा धेरै नागरिकले कोरोनाको भ्याक्सिन लगाए !


एजेन्सी । रुसमा एक लाखभन्दा धेरै नागरिकले कोरोना भाइरस विरुद्धको स्पुतनिक–भी नामक भ्याक्सिन लगाएका छन् । रुसले नै गत अगष्ट महिनामा कोभिड १९ विरुद्धको खोप स्पुतनिक–भी नामक खोपको निर्माण गरेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् । रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भैसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]