बेलायतले ‘हतारमा खोप अनुमति’ दिएको टिप्पणीप्रति फाउचीले मागे माफी !


एजेन्सी । अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने ब्रिटेन पहिलो देश बनेको छ । उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर खोपलाई अनुमति दिएको थियो ।

बेलायतले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो अघिल्लो टिप्पणी सच्च्याउँदै अमेरिकाका वरिष्ठ सङ्क्रमण विज्ञ एन्थोनी फाउचीले माफी मागेका छन् । उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भने, मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ उनले भने, ।

उनले आफूले केवल ब्रिटिश र अमेरिकी प्रणालीमा अनुमति प्रदानसम्बन्धी रहेका भिन्नता उजागर गर्न खोजेको बताए । अमेरिकामा छिटो अनुमति दिइएको भए त्यसबारे शङ्का गरिनसक्ने सम्भावना धेरै रहेको उनले औँल्याए । हामीले अवलम्बन गरेको प्रक्रियाले यूकेमा भन्दा अलि धेरै समय लिन्छ । त्यो यथार्थ हो ।

त्यसो भन्दै यूकेको प्रक्रिया खराब भन्न मैले खोजेको होइन,ू उनले बीबीसीलाई बताए । अमेरिकाको नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडिएमाथि छिटो खोप अनुमति दिन ह्वाइट हाउससहित थुप्रै क्षेत्रबाट चर्को दबाब परेको छ । तर फाउचीले अमेरिकाको प्रक्रियाले केही थप समय लिने बताए ।

त्यहाँ फाइजर खोपबारे स्वीकृतीको छलफल गर्न एफडिएले डिसेम्बर १० मा बैठक डाकेको छ । त्यस्तै मोडेर्नाको खोप स्वीकृतीबारे छलफल गर्न डिसेम्बर १७ मा बैठक डाकिएको छ । यसबीच आफ्नो अनुमति प्रक्रियाबारे चलेको चर्चाका माझ ब्रिटेनले आफ्नो प्रणालीको बचाउ गर्दै फाइजर खोप सुरक्षित र प्रभावकारी भएको पुनः बताएको छ । यूकेको औषधि नियामक निकायकी प्रमुख डा. जुन रेनले खोपलाई स्वीकृती दिँदा कुनै तलमाथि नगरिएको बताइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]