भिक्टोरियामा कोभिड १९ नियन्त्रण सफलता, लगातार शून्य नयाँ संक्रमणको आँकडा


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा गएको २४ घण्टामा ८ हजार ७ सय ८४ कोभिड १९ कोरोना भाईरसको परीक्षण गरिएको भएपनि कुनै नयाँ संक्रमित फेला परेनन् । यससँगै आगामी आईतबारबाट भिक्टोरियामा प्रतिबन्धहरु थप खुकुलो बनाउने बाटो खुलेको छ । कोरोनाको नयाँ संक्रमित नभेटिएको ३५ औं दिन हो ।

यसैबीच, अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई कोभिड १९ कोरोना खोप अर्को वर्ष मार्च महिनामा दिने योजना सार्वजनिक गरेको छ । बेलायतले आफ्ना नागरिकलाई अर्को साताबाट कोभिडविरुद्धको खोप दिने बताएपनि अष्ट्रेलियाले भने पर्ख र हेर को नीति अख्तियार गर्दै अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन टेकले बनाएको खोपको सार्वजनिक उपयोगका लागि अनुमति दिने प्रक्रिया जनवरीमा मात्रै सकिने संकेत गरेको छ । फाईजर अष्ट्रेलियाले आफ्ना नागरिकका लागि खोप उपलब्ध गराउने सम्झौता गरेको चार कम्पनीमध्ये एक हो । उसले अष्ट्रेलियाको स्वास्थ्य अधिकारीहरुसँग खोपको वितरणका लािग स्वीकृति पाउन बाँकी छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले आगामी जनवरीमा खोपले स्वीकृति पाउनसक्ने र मार्चबाट वितरण गरिने योजना रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]