राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
पछिल्लो समय पार्टीभित्र बढीरहेको विवादकाबीच प्रचण्ड भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुगेका हुन् । आज मध्यान्ह मात्रै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेका थिए ।