मन्त्रिपरिषद् बैठक सुरु !

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ ।
सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन् । साथै आजको बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल र निर्णय हुने बताइएको छ।