रामचन्द्र पौडेलले भनेः पुलिसको डण्डाले पेलिएका करङमा दुखाइ बढेको छ !


काठमाडौँ । तनहुँको व्यासमा पुल उद्घाटन गर्न पुगेका बेला प्रहरीले पक्राउ गरेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भइसकेका छन् । रिहाइपछि सामाजिक सञ्‍जाल फेसबुकमार्फत नेता पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रहरीको घम्साघम्सीका क्रममा डण्डाले आफ्नो शरीर पेलिएको बताउँदै पौडेलले हिजोभन्दा आज दुखाई बढेको बताएका छन् । असली लोकतन्त्र कहिले साकार हुने हो भनेर प्रश्‍न गर्दै पौडेलले आफ्नो चिन्ता त्यसैमा भएको जनाएका छन् । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो तनहुँमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो । पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबैलाई प्रहरीले करिब ३ घण्टापछि रिहा गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]